वीरगन्ज,२९असार । वीरगन्जको नारायणी अस्पताल मुलुककै नमुना सरकारी स्वास्थ्य संस्था बन्ने स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदिप पौडेलले बताएका छन् । आज वीरगंञ्जको नारायणी अस्पतालमा भएको कार्यक्रममा बोल्ने क्रममा मन्त्री पौडेलले अवको एक बर्षभित्र नारायणी अस्पताल देशकै नमुना अस्पताल बन्ने दावी गरेका हुन् । स्तन क्यान्सरको जाँच र निसन्तान दम्पतिका लागि बाँँझोपन सेवाको सुभारम्भ गर्दै मन्त्री पौडेलले यस्तो दावी गरेका हुन् । मधेसमा मधेशका जनाताको स्वास्थ्य सेवामा नारायणी अस्पताल अग्रणी रहेको उल्लेख गर्दै मन्त्री पौडेलले अस्पतालको गुणस्तर बृद्धिमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पछिल्ला दिनमा अस्पताल सुधारका थुप्रै काम भएको भन्दै छिटै नै मुटुको शल्कृया सेवा पनि सञ्चालनमा आउने उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा बौल्दै अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले स्वास्थ्य सेवा सवैको पहुँचमा हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा अस्पतालका मे.सु डा. चुमनलाल दास, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र लगायतको उपपस्थिति रहेको थियो ।


प्रतिक्रिया