मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमान राति युवतीको कोठामा गएपछि साथी लगेर गइन् श्रीमती, कुटपिटबाट युवतीको मृत्यु

श्रीमान राति युवतीको कोठामा गएपछि साथी लगेर गइन् श्रीमती, कुटपिटबाट युवतीको मृत्यु

न्यूजस्टोरी

विराटनगर । झापामा सामूहिक कुटपिटबाट एक युवतीको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका–४ भाङवारी स्थायी घर भइ शनिश्चरे क्याम्प नजिक बस्दै आएकी २२ वर्षीया गंगा राईको कुटपिटबाट मृत्यु भएको हो ।

गंगाको कोठामा आफ्ना श्रीमान् रमेश भुसाल गएको थाहा पाएपछि उनकी पत्नी सुस्मिता भुसाल केही महिला साथीसहित त्यहाँ पुगेकी थिइन् । त्यसक्रममा गंगामाथि निर्घात कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।सुस्मिता ५४ वर्षीया मैयाँ श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटी र ६० वर्षीया नर्बदा सुन्दासलाई लिएर गंगाको कोठामा पुगेकी थिइन्।मंगलबार राति ११ बजेतिर कुटपिटबाट गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट थप उपचारका लागि बिर्ता सिटी अस्पताल लगिए पनि बुधबार बिहान १:२० बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

घटनामा संलग्न सुस्मिता, उनका पति रमेशसहित ५ जना महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।