मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि थप एक महिना रातिको समयमा बीपी राजमार्गमा गाडी चलाउन रोक

भोलिदेखि थप एक महिना रातिको समयमा बीपी राजमार्गमा गाडी चलाउन रोक

न्यूजस्टोरी

काठमाडौं, २१ असार । बीपी राजमार्गमा भोलिदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो । रातमा साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न पछिल्लो निर्णय गरिएको हो । यसअघि गएको असार ६ गते काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बीपी राजमार्गमा असार ७ गतेदेखि रातमा झण्डै १० घण्टा १५ दिनका लागि रोक लगाएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार भोलिदेखि काठमाण्डौबाट छुटेका गाडी काभ्रेभञ्ज्याङ र काठमाण्डौतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ । गएको वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्ग क्षति ग्रस्त भएको थियो । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ गाडी चल्छन् । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।