मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनसुन प्रणाली मङ्गलवारदेखि सक्रिय हुने सम्भावना

मनसुन प्रणाली मङ्गलवारदेखि सक्रिय हुने सम्भावना

न्यूजस्टोरी

काठमाडौं, २० असार । पर्सि आइतवारसम्म मनसुन कमजोर हुने भएको छ । केही ठाउँमा वर्षा भए पनि धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् उज्जवल उपाध्यायले बताउनुभयो । उहाँका अनुसार आइतवार बेलुका गण्डकी प्रदेश र त्यसको आसपासमा ठूलो वर्षाको सम्भावना छ । सोमवार मनसुन थप सक्रिय भएर मङ्गलवारदेखि देशभर वर्षाको सम्भावना रहेको उपाध्ययले बताउनुभयो ।

आज दिउँसो सिन्धुपाल्चोक, सोलुखुम्बु, कैलालीलगायतका जिल्लामा ठूलो पानी परेको र देशका धेरै ठाउँमा सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाखाले जनाएको छ ।

यसैबीच यस वर्ष पनि धान रोपाइँको मुख्य समयमा तराई मधेशमा कम पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको अद्यावधिक अनुमान अनुसार असार मध्यदेखि असोज मध्यसम्ममा मधेश र कोशी प्रदेशका दक्षिणी भागमा कम वर्षा हुने भएको हो ।