मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि बस्दै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक

आज पनि बस्दै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक

न्यूजस्टोरी

काठमाडौं, १७ असार । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैँछ । सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

हिजो देखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरू भएको छ ।

कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा केन्द्रिय सदस्यहरूसँग राय लिइनेछ । साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन् ।

उनका अनुसार क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा यो केन्द्रिय समितिले निर्णय लिनेछ ।