मनाङ, १४ असार । विश्वको १०औं स्थानमा पर्ने जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ ।
यस पदमार्ग अन्तर्गत माथिल्लो मनाङको टङ्की मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास)सम्मको नकुहिने फोहर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार नकुहिने फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।
यस क्षेत्रमा सरसफाइका क्रममा ६५ बोरा फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङले जनाएको छ ।
बेमौसममा पर्यटकको कम आगमन हुँदा सरसफाइमा सहज हुने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय र पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो ।


प्रतिक्रिया