काठमाडौं, १४ असार । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक आज बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्ने गरी बोलाइएका हुन ।
सभामुख घिमिरेले नेकपा (एमाले)का महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् ।
रास्वपाको संसदीय दलको बैठक भएका कारण रास्वापका प्रमुख सचेतक सन्तोष परियारसँग बैठक सकिएपछि सभामुखले छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया