काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९शनिबार० बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आजै साँझबाट सुरु हुने आफ्नो स्पेन भ्रमणका बारेमा संसदलाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनी संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्पेन प्रस्थान गर्दैछन् ।


प्रतिक्रिया