मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेमा पाण्डे र तिम्सेनाको निलम्बन फुकुवा

एमालेमा पाण्डे र तिम्सेनाको निलम्बन फुकुवा

न्यूजस्टोरी

काठमाडौं, १२ असार । नेकपा एमालेको सचिवालय बैठकले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गरेको छ ।

हिजो बसेको बैठकले पार्टी केन्द्रीय कार्यालय दानमा बनाउने निर्णय गलत भएको भन्दै फरक मत राख्दा निलम्बनमा परेका स्थायी कमिटी सदस्य पाण्डे र तिम्सेनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । बैठकले कारबाही फुकुवा गरी जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ ।

व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र त्यसमा गुरुङले नै एमाले मुख्यालय बनाइदिने भएपछि पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले विरोध गरेका थिए ।