मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत घुस मुद्दामा दोषी ठहर

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत घुस मुद्दामा दोषी ठहर

न्यूजस्टोरी

काठमाडौं, ७ असार । विशेष अदालतले काठमाण्डौको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले जग्गा प्लटिङको नीतिगत निर्णय गरेर त्यसबाट अनुचित लाभ अर्थात घुस लिएको आरोपमा दोषी ठहर गरेको हो । बस्नेतलाई ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको आरोप छ ।

विशेष अदालतले मेयर बस्नेतलाई घुस दिने पद्मा कोलोनीका सञ्चालक राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गरेको छ । कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि बस्नेतलाई घुस दिएको कसूर ठहर अदालतले गरेको छ ।

यस्तै अदालतले बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ । उर्मिलाले घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको तथ्य नदेखिएको भन्दै अदालतले सफाइ दिएको हो ।