किरण कुँवर
चितवन, ३ असार । बोन क्यान्सर पीडित चितवन खैरहनी २ का नेहान थापाको उपचारमा अहिले आर्थिक अभाव देखिएको छ । बिगत दुई बर्ष यता निरन्तर उपचाररत थापा अहिले जम्मा आठ बर्षका पुगेका छन् । समान्य बालकले झै आमा बाबुको काखमा बसेर आगनमा खेलिरहेका हुनुपर्ने नेहान थापा डरलाग्दो क्यानसर रोगसँग अस्पतालको शैयामा लडिरहेका छन् ।
नेपालमा उपचार संम्भव नभएपछि उनको अहिले भारतमा लगेर उपचार भइरहेको छ । भारतको अस्पतालमा उपचाररत थापाको थप उपचारका लागि आर्थिक अभाव भएपछि परिवारबाट सहयोगको अपिल गरिएको छ ।
उनलाई उपचारमा सहयोग गर्न चाहनेका लागि उनकै दिदि आशा थापा कार्कीको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको खाता नं ०५८०५०३०२५२३६२ मा रकम संकलन गरि सहयोग गर्न पनि उनको परिवारले हार्दिक अपिल गरेको छ ।


प्रतिक्रिया