मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगंज यातायात कार्यालयमा अनियमितता : पैसासँग सवारी चालक अुमतिपत्र (लाइसेन्स) साट्दै यातायात प्रमुख साह

वीरगंज यातायात कार्यालयमा अनियमितता : पैसासँग सवारी चालक अुमतिपत्र (लाइसेन्स) साट्दै यातायात प्रमुख साह

न्यूजस्टोरी

कृष्णा यादव
वीरगन्ज १ आषाढ
यातायात कार्यालय वीरगन्ज सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा फेल भएकाहरुलाई पास गराएर घुस लेनदेन हुने गरेको घटना नौलो होइन । यातायात व्यवस्था कार्यालय वीरगन्जमा पैसाले धमाधम लाईसेन्स बिक्री भईरहेको रहस्य खुलेको छ।

यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कुशश्वेर साह हुन्।साह मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको आशिर्वादमा यातायात व्यवस्था कार्यालय वीरगन्जको प्रमुख भई आएका हुन्।प्रमुख साहले चैत १५ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेका हुन् ।

आएको दिन देखि नै यातायात व्यवस्था कार्यालय वीरगन्जमा पैसाको बलमा धमाधम ट्रायल र लिखित परिक्षामा फेल भएकाहरुलाई पास गराउदै आएका छन्।साहले आफ्नो बिश्वास पात्रहरुको माध्यमबाट रकम बुझि धमाधमा फेल भएकाहरुलाई पास गराउदै आएका छन।यातायात व्यवस्था कार्यालय वीरगन्ज सवारी फाँट र लाईसेन्स फाँट गरि दुई फाँटमा विभाजित हुँदा साह सवारी फाँटका प्रमुख रहदा उनले अर्काको पिकअप गाडी नक्कली कागजातमार्फत बिक्री गरेका थिए भन्ने विभिन्न समाचारमा आएपछिट् विवादित बनेका थिए।

साह दोस्रो पटक मन्त्रीको आशिर्वादले यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख भई आई आर्थिक आतंक मच्चाएका छन।

साहले आफ्नो अख्तियार देखि माथि निकाय संग सम्म सेटिङ्ग भएकोले विभिन्न निकायहरुमा गुनासो तथा विभिन्न मेडियाहरुमा समाचार आएपनि केही नहुने धाक लगाउदै हिडेका स्थानीयहरुले बताउछन् ।

सेवाग्राहीको अनुसार साहले बिचौलियाहरु परिचालन गरि उनीहरु मार्फत मोटरसाइकलको १० हजार देखि १५ हजार सम्म चार पाङ्ग्रे गाडीको लागि २० देखि ३० हजार सम्म र हेभी गाडीको लाईसेन्सको ३०हजार देखि ५० हजार सम्म रकम  लिई फेल भएकाहरुलाई पास गराउने गरेको बताएका छन।

ट्रायल सेन्टरमा सिसि क्यामेरा जडान भएपनि सिसि टिभी क्यामेरा रेकर्डिङ भएका भिडियोहरुलाई ईडिटिङ्ग गरि हटाई अबैध रकम दिए पछि मात्र लाइसेन्सको परीक्षा तथा ट्रायलमा पास हुने र पैसा दिए पछि कम्प्युटरमा लाइसेन्स भेरिफाई हुने र पास 

गराउने गरेको नाम नछाप्रने सर्तमा एक कर्मचारीले बताएका छन।

सूत्रहरूका अनुसार, स्कुटरदेखि ट्रक, मेसिनरी सवारीसम्मका लाइसेन्स सेटिङमार्फत १० हजारदेखि ७० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ। ट्रायलमा फेल भएकाहरुलाई समेत पैसा बुझाएर पास गराउने काम भइरहेको छ।

हिजो जेठ ३१ गते शनिवार । J1 एक्साभेटर, J2 ब्याकहोइ लोडर, J3 ग्रडर, J4 फोर्कलिफ्ट, H1 डोजर, H2 रोड लोडर, I1 क्रेन, I2 फायर ब्रिगेड, I3 लोडरलगायतका मेसिनरी सवारीहरूको ट्रायल सेटिङमार्फत पास गराउने योजनामा घूस रकम संकलन गरिएको स्रोतको दाबी छ ।

यस सम्पूर्ण घूस कारोबारमा प्रमुख साहका विश्वासपात्र ट्रायल प्रमुख रामसुन्दर महतो र ट्र्याक्टर फाँट तथा लिखित प्रमुख बद्री दाहाल र दर्जनभन्दा बढी दलाललगायतको टोली सक्रिय रहेको जनाइएको छ ।साहले आफ्नो बिश्ववास पात्र ट्रायल प्रमुख रामसुन्दर महतो र बद्री दाहाललाई सम्पुर्ण जिम्मेवारी दिएका छन।दाहालले तल्लो देखि माथि सम्मको मन्त्रालय, प्रहरी , नेता पत्रकार सम्म सेटिङ्ग मिलाउने गरेका छन।

दाहाल करिब १६ बर्षको जागिरे जिवनमा करिब १२ बर्ष यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत रहि बिताएको उनका करीबीहरुले बताउछन्।केही बर्ष पहिला दाहाललाई आर्थिक अनियमिता गरेको आरोपमा अख्तियारमा  दुरुपयोग अनुसन्धानले ४ बर्षको लागि निलम्बन गरेको थियो।दाहालले पैसाको बलमा जागिर जोडि सोर्स फोर्स लगाई फेरी पुन यातायात व्यवस्था कार्यालय वीरगन्जमा साहको दाहिने हात भई आर्थिक आतंक मच्चाएका छन। 

महतोले ट्रायलका लागि सुचना निकाल्दा सेटिङ्गमा लाईसेन्स लिनेहरुको ट्रायल नै नहुने र हुँदा पनि ड्रेस, हेल्मेट र माक्स परिवर्तन गरि ट्रायल लिने गरेको एक सेवाग्राहीले बताएका छन् ।

महतो ट्रायल सेन्टरमा पास भएकाहरुलाई पनि ट्राफिक प्रहरीको सहयोगले फेल समेत गर्ने गरेको सेवाग्राहीहरुले आरोप लगाएका छन।महतोले पछि फेल भएकाहरलाई पैसा लिई पास गराउन गरेका छन्।

यातायात व्यवस्था कार्यालय वीरगन्जमा हुने लिखित परीक्षा र ट्रायल परिक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुन्छ ।ट्राफिक प्रहरी नचाहे एउटै सिको पनि हिल्दैन ।ट्राफिक प्रहरी कार्यालयका मधेश प्रदेश प्रमुख एवम जिल्ला प्रहरी ट्राफिक कार्यालय पर्साका प्रमुखहरुको मिलोमतोमा भष्टचार बढेको छ।

लाईसेन्स सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अन्य ठाउँमा छानबिन गरेता पनि यातायात व्यवस्था कार्यालय वीरगन्जका लागि मौन बसेका छन् ।