मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखले नाम बोलाइरहेछ, रास्वपा सांसदले नाराबाजी गरिरहे 

सभामुखले नाम बोलाइरहेछ, रास्वपा सांसदले नाराबाजी गरिरहे 

न्यूजस्टोरी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज (आइतबार) पनि रास्वपा र राप्रपाले नाराबाजी गरेका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाका सांसदले वेल घेराउ गरे पनि सभामुख देवराज घिमिरेले कारबाही अघि बढाएका छन् ।

बैठकमा सभामुखले दलीय आधारमा संसदमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमाले सचिव योगेश भट्टराई, माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सदनमा भनाइ राखे। त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई सभामुख घिमिरेले समय दिएका थिए। तर, तीन पटक नाम बोलाउँदा समेत परियार नाराबाजी गरिरहे। त्यसपश्चात सभामुखले रामप्रकाश चौधरीले बोलेका छन्। अहिले पनि रास्वपा र राप्रपाका सांसदहरुको नाराबाजी जारी छ।

बैठकमा सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने सहकारी ठगीलगायत ५ वटा मुद्दा खेपेको रवि लामिछानेलाई पार्टी सभापतिबाट नहटाएको र संसदीय दलको नेतामा अझै राखेको भन्दै अरुलाई नैतिकताको पाठ पढाउन नमिल्ने तर्क गरेका थिए। संसद बैठक अगाडि रास्वपाका प्रमुख सचेतक परियारले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेकाले सदनमा आफूहरुको विरोध जारी रहने बताएका थिए। माओवादी केन्द्रले भने सत्तापक्षसँग दुई बुँदे सहमति गरेर संसद अवरोध हटाउन सहमति गरेको छ।