मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद खुलाउन सभामुख र लिङ्देनबीच टेलिफोन वार्ता

संसद खुलाउन सभामुख र लिङ्देनबीच टेलिफोन वार्ता

न्यूजस्टोरी

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलगअलग छलफल गरेका छन्।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै  सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको,अवरोधको स्वरुप बदल्न आग्रह गरेको सभामुखले सचिवालयले जनाएको छ।

छलफलमा क्रममा सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराएका थिए।रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएकोबारे बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।

सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरे। अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन्।

शुक्रबार सत्ता रुढ दल नेकपा नेकपा एमाले-कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच संसद खुलाउन दुई बुँदे सहमति भएको थियो। उक्त सहमतिसँगै संसद खुलेको थियो। तर,विपक्षी दलहरू राप्रपा र रास्वपाले अवरोध गरेका थिए। अवरोधकै बीच सभामुखले गृहमन्त्री लेखकलाई भिटिज भिसा प्रकरणबारे उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए। विपक्षी दलको अवरोधकै बीच गृहमन्त्रीले जवाफ दिएका थिए।

आज पनि तोकिएको समयमा बैठक बस्न सकेको छैन। बिहान ११ बजेका लागि संसद बैठक अझै सरू भएको छैन।