मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीको रूरूक्षेत्रका स्वास्थ्य स्वयंसेविका पेन्सन योजनामा जोडिए

गुल्मीको रूरूक्षेत्रका स्वास्थ्य स्वयंसेविका पेन्सन योजनामा जोडिए

न्यूजस्टोरी

काठमाडौं, ३१ जेष्ठ । गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ ।

गाउँपालिका र नागरिक लगानी कोषबीच सम्झौता कार्यक्रम सम्पन्न भएसँगै कार्यक्रम कार्यान्वयनमा गएको हो ।

गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन योजना सुविधामा समेटेको अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष ज्ञवाली र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीबीच पेन्सन सम्झौता कार्यक्रममा हस्ताक्षर भएको छ ।

यसरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना सम्झौता गर्ने रूरूक्षेत्र गाउँपालिका नेपालमै पहिलो पालिकाका रुपमा रहेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, कोषका उपनिर्देशक नारायणप्रसाद घिमिरे, बुटवल कार्यालयका कार्यालय प्रमुख रामेश्वर पुडासैनी, अधिकृत शंकर अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वयंसेविका, करार सेवामा कार्यरत कर्मचारी, विद्यालय करार शिक्षक तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाले चालू आर्थिक वर्ष ०८१र०८२ को लागि साउनमहिनादेखि नै लागू हुने गरी प्रति स्वयंसेविका वार्षिक १० हजार रुपैयाँका दरले पेन्सन कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।

कार्यक्रमले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामा थप उत्प्रेरणा मिल्ने र पछि रित्तै हात फर्कनुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।

साथै गाउँपालिकाले आउँदो वर्ष करार कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीको समेत पेन्सन योजना कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताउनुभएको छ ।