मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा प्रहरीले चलायो गोली, दुई जना पक्राउ

कैलालीमा प्रहरीले चलायो गोली, दुई जना पक्राउ

न्यूजस्टोरी

कैलाली । कैलालीमा ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई जना अभियुक्त भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले दुई अभियुक्त भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाइएको बताए । 

‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले भने, ‘बाटोमा पिसाब फेर्ने क्रममा भाग्न खोजेपछि गोली चलाइएको हो ।’

डीएसपी सिंहका अनुसार उनीहरूलाई भजनी नगरपालिका–७ मा प्रहरीले गोली चलाएको हो । दुवैको तिघ्रामा गोली लागेको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए ।