मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै वर्षा

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै वर्षा

न्यूजस्टोरी

काठमाडौं, २९ जेष्ठ । पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै पूर्वी नवलपरासीमा ४७ मिलिमिटर पानी परेको छ । अहिले कास्की, नवलपरासी, पर्वत, पाल्पा, तनहुँ लगायतका ठाउँमा पानी परिरहेको छ ।

गएराति झापाको बाहुनडाँगी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा ठूलो वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले झापा जिल्ला भई बहने निन्दा खोला, मेची नदी र स–साना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा आज बिहानसम्म नै सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।