मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारका प्रवक्ता भन्छन्–आज–भोलि नै संसदको अवरोध हट्छ

सरकारका प्रवक्ता भन्छन्–आज–भोलि नै संसदको अवरोध हट्छ

न्यूजस्टोरी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज–भोलि नै संसदको अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन्। उनले संसदको अवरोध हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको जानकारी दिए। आज मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको जानकारी दिए।

उनले भने, ‘बढीमा संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भइराख्या छ। हाम्रो चाहिँ के हो भने मन्त्रीले यी सबै उठिरहेका विषयबारे संसदमा आफ्नो धारणा राख्ने, सरकारको धारणा राख्ने अनि प्रतिपक्षीहरुले संसद खोलेर सहयोग गर्ने र बजेटसम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउने कुरा हामीले गरिराख्या छौं,’ उनले भने, ‘सम्भवतः आज या भोलिसम्ममा कुरा मिल्छ होला भन्ने यहाँहरुलाई जानकारी गराउन चाहन्छु।’ उनले सानोतिनो कुरा उठाएर राजनीतिलाई अप्ठ्यारो पार्नु हुँदैन भन्ने कुरालाई बुझ्नु पर्ने पनि बताएका छन्।