मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलि दिउँसो २ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

भोलि दिउँसो २ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

न्यूजस्टोरी

काठमाडौं, २५ जेष्ठ । प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । दुई पटक सारेर पनि ढिला गरी शुरू भएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् सचिवालयले सूचना टाँसेर दिउँसो सवा ३ बजेका लागि सारेको थियो । यस्तै सचिवालयले फेरि सूचना टाँसेर बेलुका साढे ५ बजेका लागि सारेको बैठक साढे ६ बजेदेखि शुरू भएकोमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।