मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिडी–तम्घास सडक खण्डमा कालोपत्र गर्न शुरू

रिडी–तम्घास सडक खण्डमा कालोपत्र गर्न शुरू

न्यूजस्टोरी

गुल्मी, २४ जेष्ठ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको छ ।

पहिलो चरणमा रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न शुरू गरेको मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी एवम् इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो ।

रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही वर्षको फागुन २५ गतेसम्म कालोपत्र गर्ने काम सक्ने लक्ष्य छ ।

निर्माण कम्पनीले रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार क्षेत्रमा ुग्रेड कटिङु र मोड सुधारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । यसका लागि २०७९ फागुन २६ गते समानान्तर–एलाइट जेभीसँग १ अर्ब ५० करोड रुपैयाँको सम्झौता भएको थियो ।