शेखर छत्कुली
वीरगंज, जेष्ठ २४ । सशस्त्र प्रहरी बल जनकपुरले १५ लाख रुपैयाँ बराबरको अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको संयुक्त टोलीले
धनुषा जिल्लाको धनौजी गाउँपालिका–१, लखौरी सीमाक्षेत्र नजिकै उक्त मुल्य बराबरको ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छलि गरेर नेपाल ल्याउँदै गरेको करिब १५ लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालय ले जनाएको छ।
बरामद गरिएको कपडा आवश्यक कानूनी कारबाहीका लागि शुक्रबार जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय वर्दिवासले जनाएको छ।

डिआईजी ढकालले मधेश प्रदेशका सम्पूर्ण सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा थप सक्रिय भई तस्करी नियन्त्रणमा कडा गर्न निर्देशन दिएपनी मधेश प्रदेशको बोर्डर सिमा नाकामा रहेका सशस्त्र प्रहरीको मिलोमतोमा तसकरहरुले रातीको समयमा अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउने गरेकाछन्।
सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले राजस्व छली, तस्करी तथा अन्य आपराधिक क्रियाकलापहरूमाथि निगरानी बढाउन आफना मातहतका सशस्त्र प्रहरीहरुलाई निर्देशन दिएकाछन ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआइजीले सशस्त्र प्रहरीको तसकरहरु सँग तथा तस्करीमा सँलगन भेटिएको पाएको खण्डमा कडा भन्दा कडा विभागिय कारवाही गरिने बताएकाछन ।
उनले सशस्त्र प्रहरीलाई आर्थिक, राजनीतिक वा सामाजिक कुनै पनि दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्न पनि स्पष्ट निर्देशन दिएका छन्।
डिआईजी ढकाल मधेश प्रदेशको सशस्त्र प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेदेखि नै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी र नियन्त्रण थप कडा बनाएको छ।


प्रतिक्रिया