मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलाको बगरमा बालुवाले छोपेर राखेको ११२० केजी गाँजा बरामद

खोलाको बगरमा बालुवाले छोपेर राखेको ११२० केजी गाँजा बरामद

न्यूजस्टोरी

धरान । सुनसरीको कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाइराखेको गाँजा बरामद भएको छ । मंगलबार राति तस्करहरूले भारततर्फ लैजानलाई खोलाको बगरमा बालुवाले छोपेर राखेको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख डिएसपी योगराज खतिवडाले जानकारी दिए ।

तस्करहरुले हरिनगर गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा रहेको खोला किनारमा गाँजा राखेको सूचना पाउना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४० जनाको टोलीले खोजतलास गरि एक हजार १२० केजी गाँजा बरामद गरेको डीएसपी खतिवडाले बताए। उक्त गाँजा प्रहरी चौकी घुस्कीमा राखिएको छ । गाँजा राख्ने समूहको पहिचान गरि पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताए।