मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी पर्साद्वारा वीरगन्ज को अलग अलग स्थानबाट ३५ लाख भन्दा बढीको सामान सहित गाडी नियन्त्रणमा

सशस्त्र प्रहरी पर्साद्वारा वीरगन्ज को अलग अलग स्थानबाट ३५ लाख भन्दा बढीको सामान सहित गाडी नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगंज, २१ जेष्ठ । सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको बिभिन्न स्थानबाट ३५ लाख रुपैयाँ मुल्य बराबरको अवैध सामानहरु र गाडी नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हे।क्वा। पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छलि गरी नेपाल भित्र्याउदै गरेको करिब ७ लाख ३९ हजार ९ सय ५० रुपैयाँ मुल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सशस्त्र प्रहरी पर्साको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–२५, बहुअरी चोकबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त गाडीमा ब्रोइलर कुखुरा लोड गरिएको र सो गाडीमा ब्रोइलर कुखुराको बिल, VCTS तथा भेटेरिनरी प्रमाणपत्र नभएको भेटिएपछी गाडी चालकले गाडीलाई बाटोमै बेवारिसे अवस्थामा छोडी भागेपछि सो गाडीलाई नियन्त्रणमा लिई वीरगन्ज भन्सार छलि चोरी पैठारी गरी भारतबाट नेपाल भित्र्याइएको रु। १,८४,००० बराबरको ब्रोइलर कुखुरासहित उक्त गाडीको रु। २५,००,००० भन्सार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र सिंहले बताएका छन।


त्यस्तै सशस्त्र प्रहरी १३ नम्वर गण चिनीमिलले पर्साको विभिन्न सीमा नाकाहरुबाट २ लाख ७३ हजार १ सय ६० रुपैयाँ बराबरको मोबाइल तथा इलेक्ट्रोनिक सामानहरू समेत नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

सशस्त्र प्रहरीले मँगलवार जम्मा रु। ३५ लाख रुपैयाँ भन्दा बढीको अवैध समान र एउटा पिकप गाडी सहित अन्य भन्सार छलेर नेपाल भित्र्याइएको सामान नियन्त्रणमा लिई वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जनाएका छन्।