मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमा हल्कादेखि मध्यम वर्षा धेरै ठाउँमा आज पानी पर्ने सम्भावना

पूर्वमा हल्कादेखि मध्यम वर्षा धेरै ठाउँमा आज पानी पर्ने सम्भावना

न्यूजस्टोरी

काठमाडौं, २१ जेष्ठ । कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेकोले त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु पूर्वमा सक्रिय छ ।

देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको छ ।

यसैगरी जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुशा ,सप्तरी, सुनसरी , मोरङ, रामेछाप, सोलुखुम्बु र आसपासका ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति छिटपुट वर्षा भएको छ । आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भोलि पनि नेपालको धेरै ठाउँमा वर्षाको सम्भावना रहेको र पर्सि शुक्रवारदेखि ३–४ दिन पानी नपर्ने र सुक्खा हुने अनुमान रहेको मौसमविद् विनोद पोख्रेलले बताउनुभयो ।