शेखर छत्कुली
वीरगन्ज, १९ जेष्ठ । पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका वडा नम्वर २१ स्थित रहेको परवानीपुर प्रहरीको टोलीले उक्त रकम सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चौकमा सवारी साधन चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको रातो–कालो पल्सर मोटरसाइकलको सिटमुनी लुकाई छिपाई लादै गरेको अवस्थामा १२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको
पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जनाएकाछन ।
सो रकम सहित पक्राउ पर्नेमा सवार पर्सा जिल्ला पकाहामैनपुर गाउँपालिका–२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार राज्यको बेतिया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमारलाई चेकजाँच गर्दा शंका लागी उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १२,००,००० (बाह्र लाख) नगद बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले बरामद रकम मध्ये नेपाली १ हजार दरका नोट ७७१ थान (रू ७,७१,०००) र ५ सय दरका नोट ८५८ थान (रू। ४,२९,०००) रहेका छन्। पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबारको आशंकामा पक्राउ गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप लिई अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन ।


प्रतिक्रिया