मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम फिर्ता

संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम फिर्ता

न्यूजस्टोरी

काठमाडौं, १९ जेष्ठ । संयुक्त जनआन्दोलन समितिले आजका लागि घोषणा गरेको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ ।

समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो ।

हिजो काठमाण्डौमा भएको प्रदर्शनको क्रममा हिरासतमा लिइएका नेताहरु रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेसबुकमार्फत आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने बताउनुभएको थियो ।