मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीका ११ जना डीआईजीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका ११ जना डीआईजीमा बढुवा (सूचीसहित)

न्यूजस्टोरी

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले जेठ १३ गते बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जजनाएको छ ।

बढुवासँगै उनीहरूको पदस्थापन पनि भएको छ । डीआईजीमा बढुवा भएका सुदर्शनप्रसाद कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन् । यसअघि यहाँ कार्यरत डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा भएपछि कोइरालालाई जिम्मेवारी दिइएको हो । विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ । दिपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएका छन् ।

माधवप्रसाद श्रेष्ठ कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा पुुगेका छन् । तीन महिनादेखि कर्णाली प्रदेश डीआईजीबिहीन भएको थियो । दिलिपसिंह देउवा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा र दिपककुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन् । ओमबहादुर रानालाई अख्तियार, जयराज सापकोटा कार्य निर्देशनालय, संजीव शर्मा दास अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरुङ कार्य विभागमा पदस्थापन भएका छन् । उनको दरबन्दी साइबर ब्युरोमा भए पनि काजमा त्यहाँ खटाउने निर्णय भएको हो ।