मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित

दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित

न्यूजस्टोरी

काठमाडौं । दलहरुबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सभामुख र दलका प्रमुख सचेतकहरूबीच दुई पटक छलफल हुँदा पनि सहमति नजुटेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । तर, दलहरुबीच सहमति नहुँदा साढे दुई बजेसम्मका लागि बैठक सारिएको थियो । त्यसपछि बसेको सभामुख र दलका प्रमुख सचेतकको छलफलमा पनि सहमति नजुटेको हो ।

विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने बताइसकेका छन् । रास्वपाले उच्चस्तरीय छानबिन समिति बनाएर नै उक्त प्रकरणको छानबिन गर्न माग गरेको छ ।