मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदन खुलाउन सभामुखको छलफल, विपक्षी दलहरुको अडान कायमै

सदन खुलाउन सभामुखको छलफल, विपक्षी दलहरुको अडान कायमै

न्यूजस्टोरी

काठमाडौं । सभामुख देवराज घिमिरे र सत्ता तथा प्रतिपक्षी दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ।सभामुखको सचिवालयका अनुसार मंगलबार अपराह्न छलफल भएको हो।

सदनको गतिरोध हटाउने विषयमा छलफल केन्द्रित छ । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । तर कांग्रेस र एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने कुरा राखेका छन् ।

आज मध्याह्न १२ बजे आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित भएको थियो । उक्त समयमा पनि सदन चल्न नसकेपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।sawq