काठमाडौँ । काठमाडौं भित्रिने मुख्य राजमार्गमध्येको एक पृथ्वी राजमार्ग केही घन्टादेखि पूर्णरुपमा अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि सडक अवरुद्ध भएको हो ।
नागढुंगा मलेखु सडक योजना प्रमुख केशवप्रसाद ओझाले सडक र पुल जोडने स्थानको माटो बगेपछि भ्वाङ परेको र बिहानैदेखि सडक प्रभावित भएको बताए । उनले बिहान केहीबेर एकतर्फी बाटो खुलाइए पनि भ्वाङ बढ्दै गएपछि दिउँसोदेखि दुवैतर्फी यातायात रोकिएको बताए ।
उनले अहिले भ्वाङ पुर्ने र वैकल्पिक बाटो खोल्ने दुवै काम एकसाथ चलिरहेको बताए । भने, ‘यातायात सुचारु हुन अझै दुईदेखि तीन घन्टा लाग्ने सम्भावना छ ।’


प्रतिक्रिया