मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आधा घण्टाका लागि स्थगित बैठक फेरि सुरु हुन सकेन, गृहमन्त्रीको राजीनामामा विपक्षीहरू अडिग

आधा घण्टाका लागि स्थगित बैठक फेरि सुरु हुन सकेन, गृहमन्त्रीको राजीनामामा विपक्षीहरू अडिग

न्यूजस्टोरी

काठमाडौं । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक करिब दुई घण्टा भइसक्दा पनि फेरि सुरु हुन सकेको छैन ।

बैठक फेरि सुरु गर्ने सन्दर्भमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सभामुख देवराज घिमिरेले आज बैठकमा गृहमन्त्री लेखकलाई बोल्न दिन प्रस्ताव गरेका छन् । तर, विपक्षी दलहरूले भने उनको राजीनामालाई सर्त बनाएका छन् । सभामुख र प्रमुख सचेतकहरूको बैठकमा विपक्षी दलहरूले पहिला गृहमन्त्रीको राजीनामा दिनुपर्ने अडान राखिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

तर, सभामुख देवराज घिमिरेले भने २ बजेपछि बैठक फेरि सुरु गरिने बताएका छन् ।आज बैठक सुरु हुना साथ माओवादी केन्द्रका वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताएका थिए । रास्वपाका खनालले गृहमन्त्री लेखकमाथि छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्नेसमेत माग राखे । विपक्षीहरूले संसद अवरोध गर्ने बताउँदा पनि सभामुख घिमिरेले बैठक अगाडि बढाउन खोजेका थिए । तर, रास्वपा सांसदहरू उठेपछि बैठक स्थगित गरिएको थियो ।