मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय ब्रान्डको चक्लेट सहितको पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

भारतीय ब्रान्डको चक्लेट सहितको पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

चकलेट करिब २० लाख रुपैयाँ मुल्य बराबरको रहेको अनुमान
शेखर छत्कुली
वीरगंज १२ जेष्ठ । पर्साको ग्रामीण नाका भिषवावाट वीरगञ्जतर्फ अवैध रूपमा भन्सार छलेर ल्याउदै गरेको करिब २० लाख रुपैयाँ मुल्य बराबरको भारतीय ब्रान्डको चक्लेट सहितको एउटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको टोलीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको पिकप गाडी सहित सो मुल्य बराबरको भारतिय ब्रान्डको चक्लेट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले बिषेश सुचनाको आधारमा भिषवाबाट बीरगँज तर्फ आउदै गरेको अवस्थामा पर्साको तिलावे पुलवाट ना ५ च १८०१ नम्बरको पिकअप नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल गुल्म अलौका प्रमुख गुल्मपती सशस्त्र प्रहरी नायव उपरिक्षक डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले पिकअपमा लुकाइछिपाई ल्याइएको ठूलो परिमाणको चक्लेट बरामद गरेको हो।

सशस्त्र प्रहरी अलौले नियन्त्रणमा लिएको चक्लेटको मुल्य करिब ४ लाख र पिकअपको मूल्य करिब अन्दाजी १६ लाख गरि कुल २० लाख रुपैयाँ बराबरको रहेको डिएसपी पुजाराले जनाएका छन्।
बरामद चक्लेट र पिकअप गाडीलाई आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

सिमा क्षेत्रमा भन्सार छलि गरेर विभिन्न सामग्रीहरू ल्याउने क्रम बढ्दो रहेको सन्दर्भमा सशस्त्र प्रहरीले निगरानी कडा पारेको जनाएको छ।
अहिले सिमा छेत्रमा चोरी तस्करी बढेको हुनाले सशस्त्र प्रहरीले पर्साको नाकाहरुमा निगरानी बढाएको छ।