सशस्त्र प्रहरी पर्साको एसपी धिमालका घुमुवा जय मँगलले २० हजार रुपैया लिएर बैजुको २ वटा साईकलमा रहेको अवैध सामान नियन्त्रणमा
शेखर छत्कुली
वीरगन्ज १२ जेष्ठ । सशस्त्र प्रहरीले वीरगन्जको सिर्सिया खलवा टोलावाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको २ वटा साईकलमा रहेको सामान सहित लाखौ रुपैँया बराबरको सामान नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी १३ नम्वर गणका घुमुवा जय मँगलले २० हजार रुपैया तसकर सँग लिएर अवैध भन्सार छलेर नेपाल भित्र्याउदै गरेको वैजुको सामान नियन्त्रणमा लिएका छन् ।

सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको बिओपीको संरक्षणमा पर्साको ग्रामीण भेगका अमरपर्टी, झौवा, मधवल र बार्व नाकाबाट व्यापकरुपमा तस्करी फस्टाएको छ।
पर्साको ग्रामीण भेगमा पर्ने नाकाहरुबाट व्यापक रुपमा तस्करीको लाइन खुलेको छ ।
सिमानाकामा खटने सशस्त्र प्रहरीको मिलोमतोमा लत्ताकपडा, कबाड, हाडयेवर,कुखुराको चल्ला , रजनिगंधा, राजनिवास,र डाबरको पेस्ट , लेक्मी क्रेिमको, मकै , हड्डीको ठूलो मात्रामा तस्करी हुँदै आएको हो।
सशस्त्र प्रहरी बलको सिमानाकामा २४ औ घण्टा डियुटी रहदा पनि तस्करहरुले डियुटी खर्च दिई ठुलो मात्रामा तस्करीको सामानहरु ओहोरदोहोर गर्दे आएका छन् ।

सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका मिलोमतोमा नाकाबाट राजकुमार भन्नेले तस्करहरुको ५, ७ वटा मोटरसाइकलमा लोड गरि दिन दिहाडै तस्करी भईरहेको सर्वसाधारणहरुले बताएका छन।
यसैगरि अमरपर्टी बिओपीको मिलोमतोमा बाट धर्मेन्द्र र सरुप धनन्जयहरुको ठुलो मात्रामा बवाईलर कुखुराको चल्लाको तस्करी रातीको समयमा ५ देखि ८ वटा मोटरसाइकलमा लोड गरि विभिन्न कुखुरा फर्माहरुमा पुर्याउने गरेका छन।त्यसैगरि बार्वा घाटबाट तारकेशवर रजनिगन्धा ,अमरपर्टीबाट बैठा ग्रुप, संदिप किराना ग्रुप , जलाउदीन कबाडी , जयप्रकाश कबाड र टुनाको धानको व्यापकरुपमा तस्करी बढेको छ।
सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुँदै आएपनि मिडिया बाजि गर्नको लागि सशस्त्र प्रहरीका गण, गुल्म र बिओपिले घरायसी सामान र प्याज , बिस्कुट,चकलेट समातेर प्रचारबाजी गराउदैआएका छन्। एकातिर घरखर्चका लागि थोरै मात्रामा ल्याइएका सामान समाएर सर्वसाधारणलाई हैरानी पारिन्छ भने अर्को तर्फ रातभर तस्करलाई लाइन दिएर रकम असुली गर्ने गरेको सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका प्रमुख एवम प्रहरी निरीक्षक धुर्ब भट्ट माथि आरोप लागने गरेको छ।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख एवम डिआईजी कुष्णा ढकालले अहिले गण , गुल्म र बिओपीहरुको निरिक्षण गरिरहेको बेलामा नै उनको आँखाँ अगाडी नेै पर्साको विभिन्न नाकाहरुबाट तस्करी हुँदै आएको छ।
प्रमुक ढकालको निरीक्षणको बेलामा नै ठुलो मात्रामा तस्करी लाइन सुचारु हुँदै आएको छ भन्ने आउने दिनमा झन तस्करी बढनु स्वाभाविक नै हो।
सशस्त्र प्रहरी निरीक्षक भट्टले आफु डिआईजीको भाई रहेकोले कसैले केही गर्न सक्दैन भन्दै तस्कहरु संग मोटो रकम बुझि तस्करीको लाईन खुला गराएको नाम नछाप्रने सर्तमा एक तस्करले बताएका छन।


प्रतिक्रिया