वीरगञ्ज, ११ जेष्ठ । पर्सामा लोकप्रिय युवा नेताको छवि बनाएका बिमल पौडेलले आजबाट नारायणी अस्पताल विकास समितिको सदस्यको रुपमा पदभार ग्रहण गरेका छन् । सरकारले नारायणी अस्पताल विकास समिति सदस्यमा विमल पौडेललाई मनोनित गरेको हो । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई सदस्यमा मनोनित गरिएको हो । उनी, आगामी तीन वर्ष अस्पताल विकास समिति सदस्यको जिम्मेवारीमा रहनेछन् ।
पदभार ग्रहण गरेसँगै पौडेलले अस्पतालको सेवा, सुविधालाई सरल, सहज र आम नागरिकका लागि पहुँचयोग्य बनाउने प्रतिवद्धता ब्यक्त गरे । उनले अस्पतालको सेवा प्रवाह र गुणस्तर वृद्धिका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता जनाए । उनी नेकपा (एमाले) पर्सा जिल्लाको सचिवालय सदस्य समेत हुन् ।
पर्सामा रहेर लोकप्रिय युवा नेताको छवि बनाएका पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नारायणी अस्पताल सुधारका लागि सक्षम व्यक्ति भएको उल्लेख गर्दै मनोनित गर्न सिफारिस गरेका थिए ।


प्रतिक्रिया