काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारीपीडितले अर्धनग्न प्रदर्शन गरेका छन् । उपत्यकाका विभिन्न सहकारीपीडितहरू भेला भई अर्धनग्न प्रदर्शन गरेका हुन् । अर्धनग्न प्रदर्शनसँगै पीडितहरूले रित्तो थाल ठाएर विरोध गरेका छन् ।
उनीहरूले आगामी बजेटमा सहकारीपीडितका लागि बजेट छुट्याउनुपर्ने माग राखेका छन् ।
प्रदर्शनपछि हरिहर भवनस्थित सहकारी नियमन प्राधिकरण गएर ज्ञापनपत्र बुझाउने एक पीडितले बताए ।









प्रतिक्रिया