मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिप्परको ठक्करबाट एकजनाको मृत्यु

टिप्परको ठक्करबाट एकजनाको मृत्यु

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज १० जेष्ठ । वीरगञ्ज महानगरपालिका १७ मा आज दिउँसो बिपरित दिशाबाट आइरहेको टिपरले मोटर साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्वर १७ अलौमा दिउँसो करिब सवा चार बजे वीरगञ्जबाट अलौतर्फ जाँदै गरेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिँदा मोटर साइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक पर्सा, वीरगन्ज महानगरपालिका वडा नं. १६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार गम्भीर घाइते भएका थिए।

टाउको र छातीमा चोट लागेका उनलाई तत्काल बीरगँज १३ पावर हाउस स्थित रहेको नीलकण्ठ अस्पताल पठाइएकोमा उपचारका क्रममा साढे चार बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलको पछाडि सवार वीरगञ्ज महानगरपालिका वडा नं. २९. रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारी घाइते भएका छन्।
घाईते अन्सारीको कम्मर र दुवै खुट्टामा चोट लागेको पर्सा प्रहरीले जनाएकोछ।

अन्सारीको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको उनको अवस्था सामान्य रहेको प्रहरीले बताइएको छ।

टिपर र मोटरसाइकल दुर्घटना भए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरवाट प्रहरी निरीक्षक श्याम बस्नेतको कमान्डमा खटिएको टोलीले मोटरसाइकल, टिपर र टिपर चालक बारा, कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने ३२ वर्षीय कृष्ण प्रसाद पटेललाई नियन्त्रणमा लिएको छ।

टिपर चालक पटेललाई पक्राउ गरी थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय श्रीपुर पर्साको नियन्त्रणमा राखिएको छ।