मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुसभित्रै सञ्चालनमा ल्याउने नागढुङ्गा सुरुङमार्ग

पुसभित्रै सञ्चालनमा ल्याउने नागढुङ्गा सुरुङमार्ग

न्यूजस्टोरी

काठमाडौं, १० जेष्ठ । नागढुङ्गा सुरुङमार्ग आउँदो पुसभित्रै सञ्चालनमा ल्याउनेगरी तयारी भइरहेको छ । अहिलेकै गतिमा काम गर्ने र अनुकूल वातावरण भएमा अबको ६र७ महिनाभित्र सुरुङमार्ग सञ्चालनमा आउने भएको छ ।

अहिलेसम्म सुरुङमार्गको ९० प्रतिशत भौतिक प्रगति भएको छ । बाँकी १० प्रतिशत रहेको नागढुङ्गा सुरुङमार्गमा काम नियमित भइरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

आयोजनाले सुरुङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्सिजनको निरन्तर प्रवाहजस्ता सुरुङमार्गका अत्यावश्यक सेवा उपलब्ध गराउने कामलाई अन्तिम रूप दिने काम भइरहेको छ ।

सम्झौतानुसार आउँदो कात्तिक पहिलो हप्ता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा रहेको इन्जिनियर कोइरालाले बताउनुभयो ।

पूर्वी मुखमा काठमाण्डौ चन्द्रागिरि नगरपालिकाको दहचोकबाट शुरू हुने कुल २ दशमलव ७ किलोमिटर लामो सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । सञ्चालनमा आएपछि नागढुङ्गादेखि बलम्बुसम्मको भौतिक दूरी झन्डै तीन किलोमिटरले छोटिनेछ ।

सुरुङमार्गमा निस्किएको पानीको व्यवस्थापनबारे स्थानीय, चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।