मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

न्यूजस्टोरी

काठमाडौं, ६ जेष्ठ । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । केहीबेरअघि बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो ।

यसअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्‍मा सिफारिश गरेको थियो । समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।

सिफारिश भएका नाममध्ये पौडेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो । योसँगै झन्डै डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदले पूर्णता पाएको छ ।

यसअघि सर्वोच्च अदालतले आजै अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको थियो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उहाँलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।