मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिले उद्घाटन, भोलीबाट सर्वसाधारणको लागि खुला

अहिले उद्घाटन, भोलीबाट सर्वसाधारणको लागि खुला

न्यूजस्टोरी

काठमाडौँ । भोलीबाट  हनुमानढोका स्थित नौतले वसन्तपुर दरबार अवलोकन गर्न पाइने भएको छ । चीन सरकारको सहयोगमा पुनः निर्माण सकिएलगत्तै  भोलीबाट खुला हुन लागेको हो । प्रधानमन्त्रत्री केपी ओली बेजिङ भ्रमणको क्रममा  वसन्तपुर दरबार पुन निर्माण पछि हस्तान्तरण भएको थियो ।

 चाइनाको सबै परियोजना टर्न कि हुन्छ । अर्थात चीन सरकार आफैले पुन निर्माण सम्पन्न गरेपछि साचो हस्तान्तरण हुने गरेको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुलेलका अनुसार पुनः निर्माणको काम सम्पन्न भएर भोलीबाट खुला गर्ने हुदैछ । पुनः निर्माण सकिएको दरबारको  अहिले दिउँसो साढे ३ बजे  औचपारिक रुपमा खुला हुदैछ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्री पाण्डेले ८ वर्षपछि पुन निर्माण सम्पन्न भएको नौतले दरबार सर्वसाधारणको लागि खुला भएको घोषणा गर्नेछन् ।

विश्वसम्पदा सुचीमा सुचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षक सो दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइसकेको छ । उक्त दरबारलाई नौतले दरबारको नामले समेत चिनिन्छ । हनुमानढोका कार्यालयले दरबार संरचनामा प्रवेश गर्ने बाहेकका सबै संरचना हटाइसकेको छ । दरबार खुलेपनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र सङ्ग्रहालय केही समयपछि मात्र खुला हुनेछ । ‘अहिले नौतले दरबारमा चढ्न पाउनेमा व्यवस्था गरेका छौ , केही महिनापछि गहना , मल्लकालीनसहित पूर्ण रुपमा सङ्ग्रहालयको सामाग्री प्रदर्शनमा राखेर खुला गर्नेछौ–कार्यकारी निर्देशक प्याकुरेलले भने ।  

 सङ्ग्रहालय विकास समितिले सो दरबारको तल्लो तलामा भूकम्प अघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाबारेमा तयार पारिएको डकुमेन्ट्री, नौतले दरबारलाई परिचय दिने सामाग्री राखिनेछ ।

 दोस्रोमा वीरेन्द्र सङ्ग्रहालय र तेस्रोमा महेन्द्र सङ्ग्रहालय रहनेछ । दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबारक्षेत्र परिसरका काम नलाग्ने टुँडाल , इट्टा लगायतका पुरातात्त्विक वस्तु प्रदर्शनीमा राखिने छ । विभागका महानिर्देशक सौभाग्य प्रधनाङगले एक महिनाभित्र वसन्तपुर दरबार सर्वराधारको लागि खुला गरिने बताए ।

चीन सरकारको एजेन्सी फर इन्टरनेशनल इकोनोमिक कोअपरेशनको आर्थिक र प्राविधिक सहयोगमा विसं २०७४ सालबाट सम्झौता गरी निर्माणशुरु भएको थियो ।  ९ करोड ५० लाख युआन करिब २ अर्ब नेपाली रुपैयामा निर्माण गर्ने सम्झौता गरेको हो ।  विद्युतीकरण, सोकेस लगायत सौन्दर्यीकरणको काम गर्नुपरेपछि  सहयोग थपिएको छ । सम्झौतामा  दरबार परिसरको ५ हजार ६ सय वर्गमिटर क्षेत्रको संरक्षण गर्न सम्झौता भएको थियो । तर पछि काम थप गर्न आग्रह गरेको कारण  सम्झौता अनुसार केही रकम थपिएको हो ।

  चीन र नेपाल सरकारबीच ३१ डिसेम्बर सन् २०१६ मा सम्झौता भएको थियो । २०७२ वैशाख १२ गते गएको भूकम्पले नौतले दरबारसंगै रहेको  कीर्तिपुर, भक्तपुर र काठमाडौँ टावर ध्वस्त भएको थियो । ती सबै सम्पदाको पुनः निर्माणको जिम्मा चीन सरकारले लिएको थियो । संग्रहालयभित्र डिस्प्ले, विद्युतीकरणदेखि लाइटिङ, सिसिटिभी लगायत उच्च प्रविधि जडान गरिदिएको हो ।  

 सम्झौतामा निर्माण नेपाल सरकारले चिनिया कम्पनीलाई परियोजना पुनः निर्माण सम्पन्न गरेको प्रमाणपत्र दिनुपर्ने, पुनः निर्माण सुरु भएपछि दुई वर्षसम्म चिनिया पक्षले अनुगमन गर्ने उल्लेख छ ।

 त्यस्तै दुवै पक्षको सहमति बेगर परियोजना संग सम्बन्धित ड्रइङ, डिजाइन तेस्रो पक्षलाई दिन नपाईने लगायतका विषयमा सम्झौता भएको थियो । यसअघि चीन सरकारको तर्फबाट नेपालमा दरबार हाइस्कुल पुनः निर्माण सम्पन्न भैसकेको छ ।