मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार

पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार

न्यूजस्टोरी

काठमाडौं । आफूविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी फरार भएका छन् ।

रूपन्देही जिल्ला अदालतले उनीविरुद्ध जेठ १ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

चौधरीमाथि स्थानीय पालिकाकै एक बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप छ । उनको खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।