मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नरको टुंगो लाग्ने आशा

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नरको टुंगो लाग्ने आशा

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठक मंगलबार अपरान्ह ५ बजेका लागि बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रिपरिषद् निर्णयमा सहमति जुटाउन छलफल भएको एक मन्त्रीले जानकारी दिए ।   

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच गहिरिँदो अविश्वास देखिएको छ । कांग्रेसले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम सिफारिस समितिमार्फत अगाडि सारेको थियो । तर, गठन भएको दुई महिना बितिसक्दा पनि समितिको बैठक एकपल्ट पनि बसेको छैन । 

समिति दुईपटक पुनर्गठन भइसकेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकअघि ओलीले देउवालाई बालुवाटार बोलाएर गभर्नर नियुक्तिका सम्बन्धमा अन्तिम छलफल गर्ने संकेत दिएका छन् ।