मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

न्यूजस्टोरी

काठमाडौं, ४ जेष्ठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै सहायताको निरन्तरताका लागि संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गर्नुभएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनको ७८औं सभा शुरू हुनुअघि आयोजित मन्त्रीस्तरीय गोलमेचमा मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताउनुभयो । पौडेलले नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रहरूको सूचीमा स्तरोन्नतिका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रजनन उमेरका झन्डै ५० लाख महिलाले पाइरहेको महत्त्वपूर्ण सेवा तथा पाँच वर्षमुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको मन्त्री पौडेलले बताउनुभयो ।

सहयोग र बजेट कटौतीका बाबजुद नेपालले आन्तरिक स्रोतबाट लगानी बढाउने प्रयास गरेको भए पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रूपमा रहेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो । बैठकमा उहाँले नेपालले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा प्राप्त गरेको सफलताबारे जानकारी दिनुभएको थियो ।