मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एशियन हाइवेको पूर्वीखण्डमा ‘डाइभर्सन’को काममा ढिलासुस्ती, मनसुन अगावै काम सक्न निर्देशन

एशियन हाइवेको पूर्वीखण्डमा ‘डाइभर्सन’को काममा ढिलासुस्ती, मनसुन अगावै काम सक्न निर्देशन

न्यूजस्टोरी

झापा, ३ जेष्ठ । पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एशियन हाइवेमा डाइभर्सनको काम मनसुन शुरू हुनु अगावै सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय ९पूर्वी खण्ड० झापाले निर्देशन दिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा एशियन हाइवेको स्तरोन्नति भइरहेको छ । सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षातमा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम छ ।

निर्माणसम्बन्धी ठेक्का लिएको कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न पत्राचारमार्फत निर्देशन दिइएको दमक कार्यालयका आयोजना प्रमुख ई।सुनिलबाबु पन्तले बताउनुभयो ।

काममा ढिलासुस्ती भएको र वर्षा शुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायातसमेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सक्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अहिलेसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति छ । काँकडभिट्टादेखि सीतापुरसम्मको सडक दमकमा रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्ने गरेको छ ।

एशियन हाइवे थाइल्यान्डको बैंककबाट शुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।