मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

न्यूजस्टोरी

दाङ, ३ जेष्ठ । दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडमा मिनबहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले घर्तीसहित नरबहादुर शाही, विष्णुप्रसाद नेपाली, डिलबहादुर नेपाली,ओमबहादुर थापा, निमबहादुर भण्डारी, विश्व डाँगी, प्रकाश भुसाल र शेरबहादुर घर्तीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ र तीन गड्डी ताससमेत बरामद भएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।