मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपेन्द्र यादवले भूमिसबन्धी विधेयकको विरोध गर्ने

उपेन्द्र यादवले भूमिसबन्धी विधेयकको विरोध गर्ने

न्यूजस्टोरी

काठमाडौ, २ जेष्ठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयकको विरोध गर्ने जनाएका छन् ।

केपी ओली सरकारले भूमिसबन्धी अध्यादेश विरोधका कारण फिर्ता लिए पनि पुनः सोही अध्यादेशमा रहेका प्रावधानहरुलाई हुबहु विधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले विरोध जनाएका हुन् ।
‘भूमि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमिसम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’