मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल—तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने

बुटवल—तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने

न्यूजस्टोरी

काठमाण्डौ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल(तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने भएको छ । यसअघि गएको चैत २१ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो ।

सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्नका लागि दिउँसो र राति गरी ९ घण्टा सडक बन्द हुँदै आएको थियो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार सुरुङमार्ग निर्माणको पूर्व तयारी सकिएकाले दिउँसोको समयमा गाडी चलाउन थालेको जानकारी दिनुभयो।