मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला–टिङ्कर सडक निर्माणमा सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला–टिङ्कर सडक निर्माणमा सेनाले दुईतिरबाट काम थाल्यो

न्यूजस्टोरी

दार्चुला, २६ बैशाख – महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न शुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।

सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो । दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ ।

व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले अहिलेसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०-०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ ।

चालू आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नति भएको छ । बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आर्थिक वर्षमा नौ करोड रुपैयाँ मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप पाँच करोड रुपैयाँ व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।