काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ताका लागि खुमलटार पुगेका छन् । मंगलबार विहान पौडेल प्रचण्ड निवास पुगेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका हुन् ।सरकारले जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया