पोखरा । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी ऋषिराम बरालले कान्छी श्रीमतीको हत्या गरी आफैले पनि प्राण त्यागेका छन् । पोखराको बिरौटामा नयाँ घर बनाएर कान्छी श्रीमती भित्र्याएको पाँच वर्षमै यस्तो भयावह दुर्घटना निम्त्याएका हुन्। हिजो (सोमबार) अपरान्ह श्रीमतीको हत्यापछि गम्भीर अवस्थामा भेटिएका बरालको उपचार क्रममा गए राति मृत्यु भएको हो।
जेठी श्रीमती र उनको परिवारसँग नजिकिएको थाहा पाएपछि कान्छीसँग सम्बन्ध बिग्रिएको छिमेकी र आफन्तको अनुमान छ । दुई छोरा ,एक छोरी र जेठी श्रीमती पोखराकै मासबारस्थित अर्को घरमा बस्छन् । पाँच वर्षअघि बैंकबाट अवकाश लिएका चालक बरालले निकै कम उमेरकी युवतीलाई श्रीमतीको रुपमा नयाँ घरमा भित्र्याएका थिए।
पछिल्लो समय जेठी श्रीमती र उनको परिवारसँग नजिकिएको थाहा पाएपछि कान्छीसँग सम्बन्ध बिग्रिएको छिमेकी र आफन्तको अनुमान छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । मृतक बरालले हिजो दिउँसो पनि फेसबुक पेजमा जेठी श्रीमतीसँगको फोटो र भिडियोहरु दुई पटक पोष्ट गरेका थिए । वैशाख १४ गते बैंकको वार्षिकोत्सवमा उपस्थित उनले पूर्व कर्मचारीहरुसँग अस्वाभाविक प्रश्न र व्यवहार गरेको बताइएको छ ।


प्रतिक्रिया