शेखर छत्कुली
वीरगंज २३ बैशाख । सशस्त्र प्रहरी पर्साले बिल बिजक भन्दा बढी सामान बोकेको एउटा भारतिय गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले वीरगन्जको आईसिपी भन्सारबाट जाँचपास भई प्रगयापन पत्र भन्दा बढी सामान बोकेको आशँकामा भारतिय ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी गुल्म अलौले वीरगन्ज महानगरपालिका वडा नम्वर १७ स्थित सडकबाट आईसिपी भन्सार जाँचपास भई छुटेको डब्लु बि ११ ई ६६६२ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलिले बिषेश सुचनाको आधारमा भन्सारबाट जाँचपास भई मालसामान बोकी पथलैया तर्फ जाँदै गरेको अवस्थामा आईसिपी चौकबाट सो भारतिय नम्वरको गाडीलाई नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त भारतिय नम्वरको गाडीमा १ करोड १५ लाख मुल्य बराबरको बिल विजक ( प्रगयापन पत्र ) रहेको र सो गाडीमा भन्सार छलेर लता कपडा लुकाई छिपाई राखेको सुराकीको आधारमा गाडीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिंह पुजाराले बताएकाछन्।


प्रतिक्रिया